|

काठमाडौं : इंग्लिस प्रिमियर लीग फूटबलमा एभर्टन, साउथह्याम्टन र ब्राइटन विजयी भएका छन्।

लगातार तेस्रो जित निकाल्ने क्रममा एभर्टनले क्रिष्टल प्यालेसमाथि २–१ गोलको जित निकालेको हो। क्रिष्टलको मैदानमा एभर्टनको जितमा डोमिनिक कालभर्ट लेविन र रिचार्लिसनले एक–एक गोल गरे।

प्यालेसका लागि चिखोउ कोउयाटेले सान्तवना गोल फर्काए। दशौं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए। त्यसपछि २६ औं मिनेटमा क्रिष्टलका कोउयाटेले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो।

तर ४० औं मिनेटमा रिचार्लिसनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए।  तालिकाको शीर्ष स्थानमा रहेको एभर्टनले लगातार तेस्रो जितसँगै ३ खेलबाट ९ अंक जोडेको छ। ​

लीगकै अर्को खेलमा साउथह्याम्टनले बर्नलीलाई १–० ले हरायो। साउथह्याम्टनको जितमा डेनि इंग्सले पाँचौ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। यस्तै यसअघिका अन्य खेलमा ब्राइटनले म्यानचेष्टर युनाइटेडलाई ३–२ ले हराउँदा चेल्सी र वेष्टब्रोमले तीन–तीन गोलको बराबरी खेले।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.