|

लमजुङ : ग्रामिण विकास युवा स्वरोजगार केन्द्रले लमजुङका अलैंची कृषकहरूलाई प्रिन्टर सहितको कम्प्युटर सेट वितरण गरेको छ। अलैंची व्यवसायी महासंघ लमजुङ, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना र अलैंची जोन लमजुङको समन्वयमा दुईवटा कृषक समूहलाई दुई सेट कम्प्युटर उपलब्ध गराइएको हो। 

अलैंची उत्पादनदेखि विक्री वितरणसम्मको हिसाबकिताब राख्न मिल्ने गरी कृषक समूहलाई प्रिन्टर सहितको कम्प्युटर सेट उपलब्ध गराइएको अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए।

पहिलो चरणमा अलैंचीको हब मानिने स्थानलाई मध्यनजर गरी मर्स्याङ्दी गाउँपालिकाको लालीगुराँस कृषि तथा जडिबुटी बहुउद्देश्यीय सहकारी संस्था र बेंसीशहर कृषि तथा जडिबुटी बहुउद्देश्यीय सहकारी संस्थालाई कम्प्युटर सेट वितरण गरीएको अध्यक्ष तामाङको भनाई छ। 

सोसँगै केन्द्रले अलैंची कृषकहरूका लागि एक सय ५० थान अलैंची टिप्ने छुरी पनि सहयोग गरेको छ। अलैंची व्यवसायी महासंघ लमजुङमार्फत कृषकहरूका लागी छुरी सहयोग गरेको हो। उक्त सामान जिल्लाका कृषकहरूको माग र आवश्यकता अनुसार पछि वितरण गरिने महासंघले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.