|

डडेल्धुरा : युएईमा जारी १३ औँ सिजनको आइपिएलअन्तर्गत किंग्स इलावेन पञ्जाबविरुरुद्ध राजस्थान रोयल्सले टस जितेर बलिङ रोजेको छ। यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुँदैछ। राजस्थानले आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई हराएको थियो।

यता पञ्जाबले पहिलो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध पराजय ब्यहोरे पनि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी)माथि भने शानदार जित हासिल गरेको थियो।पछिल्लो पटक राजस्थान र पञ्जाब राम्रो लयमा देखिएका छन्। पञ्जाबले आरसिबीसँगको खेलमा २ सय प्लस रन बनाएको थियो।

राजस्थानले पनि पहिलो खेलमै चेन्नईलाई २ सयभन्दा बढी रनको चुनौती दिएर हराएको थियो। राजस्थान र पञ्जाबबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

राजस्थान रोयल्सको प्लेइङ ​११

स्स्टिभ स्मिथ (कप्तान), जोस बटलर, सञ्जु स्यामसन, जोस बटलर, रोबिन उथप्पा, रियान पराग, श्रेयस गोपाल, जोफ्रा आर्चर, टम कुरान, राहुल तेवतिया र जयदेव उनादकट

पञ्जाबको प्लेइङ ११

केएल राहुल (कप्तान), मयंक अग्रवाल, करुण नायर, ग्लेन म्याक्सवेल, सरफराज खान, जिमी नीशम, रवि बिश्नोई, मोहम्मद शमी, निकोलस पूरन, शेल्डन कोट्रेल र मुर्गन आश्विन

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.