काठमाडाैं : लुइस सुवारेजको दुई गोलको मद्दतसँगै ला लिगा नयाँ सिजको आफ्नो पहिलो खेलमा एट्लेटिको म्याड्रिडले शीर्ष स्थानको ग्रानडालाई ६-१ को फराकिलो गोलअन्तरले हराएको छ।
आइतबार साँझ भएको खेलमा एट्लेटिकोले ग्रानडाको गोलपोस्टमा ६ गोल वर्षा गरेको हो। खेलको नवाैं मिनेटमा डिएगो कोस्टाले एट्लेटिकोका लागि खाता खोलेका थिए। पहिलो खेलमा १-० मा सकिएको खेलको दोस्रो हाफको दोस्रो मिनेटमै एन्जेल कोरेराले गोल गरी अग्रता दोब्बर बनाएका थिए।
पहिलो हाफमा दुवै टोली आक्रामक देखिए पनि ग्रानडा पटक पटक गोल गर्नबाट चुकेको थियो। खेलको १७ मिनेटमा एट्लेटिकोका खेलाडी ग्रानडाको पेनाल्टी डिबस्कमा लड्न पुगेका थिए। त्यस क्रममा पेनाल्टी पाए पनि एट्लेटिको गोल गर्नबाट चुकेको थियो।
खेलको ६७ मिनेटमा जोवा फेलिक्ले थप गोल गर्दै एट्लेटिकोलाई ३-० ले बढाएका थिए। फेरि मार्कस लियोरेन्टेले अर्को गोल थप्दै एट्लेटिकोलाई ४-० मा पुर्याएका थिए। दोस्रो हाफमा खस्किएको ग्रानडा खासै गतिला गोलका अवसर सिर्जना गर्न सकेन।
बार्सिलोनाबाट हालै गएका लुइस सुवारेजले ८५ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई ५-० को बलियो स्थितिमा पुर्याएका थिए। तर खेलको ८७ औं मिनेटमा ग्रानडाका जर्ज मनिला भिडालले सान्त्वना गोल फर्काएका थिए। तर अतिरिक्त समयको अन्तिममा मिनेटमा सुवारेजले फेरि एक गोल थप गर्दै टोलीलाई ६-१ को जिल दिलाए।
जारी ला लिगामा एट्लेटिकोको यो पहिलो खेल हो। ग्रानडाले तीन खेल खेलेको छ। उसले यसअघिको २ खेलमा जित निकालेको छ। आजै राति पाैने १ बजे हुने अर्को खेलमा जारी सिजनको पहिलो खेलमा बार्सिलोनाले भिल्लारियलको सामना गर्दै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।