|

काठमाडौं :  इण्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सले कीर्तिमान जित निकालेको छ ।  २२४ रनको लक्ष्य पन्छाएको राजस्थानले  किंग्स इलावेन पञ्जाबलाई ४ विकेटले हराएको हो।

२२४ रनको विशाल लक्ष्य राजस्थानले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । जसमा सञ्जु स्यामसमले ८५, स्टिभ स्मिथले ५०, राहुल तेबटियाले ५३ रनको योगदान गरे।  पञ्जाबका मोहम्मद सामीले सर्वाधिक ३ विकेट लिए।

जीतसँगै राजस्थानले नयाँ कीर्तिमान बनाएको छ। हालसम्म आइपीएलमा २२४ रनको लक्ष्य कुनै पनि टिमले पूरा गर्न सकेको थिएन।

यसअघि टस हारेर ब्याटिङ गरेको  पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनायो। उसका लागि मंयक अग्रवालले शतक बनाउने क्रममा ५० बलमा १० चौका र ७ छक्कासहित १०६ रन बनाए। 

त्यस्तै, पञ्जाबका कप्तान केएल राहुलले ५४ बलमा ७ चौका र एक छक्का हिर्काउँदै ६९ रनको योगदान दिए। अघिल्लो खेलमा राहुलले अविजित १३२ रन बनाएका थिए। राहुल र मयंकबीच पहिलो विकेटका लागि १८३ रनको विशाल साझेदारी बन्यो। उनी दुई बीचको यो साझेदारी आइपीएल इतिहासको तेस्रो ठूलो साझेदारी हो।

बलिङमा राजस्थान रोयल्सका टम कुरान र अंकित राजपूतले एक र एक विकेट लिए। सन्जु स्यामसन खेलको प्लेयर अफ द म्याच चुनिए।  जीत पछि राजस्थान दुवै खेलमा अपराजिता हुँदै ४ अंक सहित अंकतालिकामा दिल्ली पछि दोश्रो स्थानमा रहेको छ। दिल्लीको पनि ४ अंक रहेको छ। पन्जाब ३ खेलमा १ जित र २ हार पछि तेश्रो स्थानमा छ। 

प्रतियोगिता अन्तरगत आज रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्नेछन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.