|

पश्चिम एसियाली देश अर्मेनिया र अजरबैजानबीच सीमा विवदामा भएको युद्धमा २३ जना मारिएका छन्। 

विवादित नागोर्नो–काराबाख क्षेत्रमा आइतबार दुवै देशका सेनाबीच भिडन्त भएको थियो।  उक्त क्षेत्रमा १६ जना अर्मेनियाली पृथकतावादी लडाकूहरु मारिनुका साथै १ सय जना घाइते भएको उक्त समूहले जनाएको छ। 

दुवै पक्षले आ–आफ्नोतर्फ मानवीय क्षति भएको जनाएका छन्। यस्तै, अर्मेनियाली पृथकतावादीको आक्रमणमा ५ जना अजरबैजानी नागरिक मारिएको अजरबैजानका अधिकारीहरुले जनाएका छन्।  

तनावपछि अर्मेनिया, अजरबैजान र अर्मेनियानियन्त्रित नागोर्नो काराबाख क्षेत्रमा सैनिक कानुन लागू गरिएको छ भने अजरबैजानले आफ्ना सेनालाई परिचालित हुन निर्देशन दिएको छ। 

विवादित क्षेत्रमा अर्मेनियाका नागरिकले बसोबास गरे पनि अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको जमिन भएको उल्लेख गरिएको छ। सन् १९९१ मा पतन हुनुपूर्व अर्मेनिया र अजरबैजान सोभियत संघको हिस्सा थिए। 

यसैबीच, संयुक्त राष्ट्रसंघले दुवै मुलुकलाई तत्काल युद्धविराम गर्न आग्रह गरेका छन्। राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले तत्काल युद्ध अन्त्य गरी वार्तामा बस्न आग्रह गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.