|

अर्जेन्टिनाका एक सांसदले संसदीय बहस चलिरहेका बेला आफ्नी प्रेमिकाको खुला स्तनमा चुम्बन गरेपछि राजीनामा दिनु परेको छ।

अर्जेन्टिनाको तल्लो सदनका सांसद जुआन एमिलियो अमेरीले संसदको बहस चलिरहँदा यस्तो हर्कत गरेका थिए। उनले चुम्बन गरेको भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ।  र अन्ततः राजीनामा दिनु परेको हो। ती सांसदले प्रेमिकासँग जिस्किरहेको बेला संसदको बहस भने पेन्सन कोष लगानीको मुद्दामा गम्भीर रुपमा केन्द्रित थियो।

तल्लो सदनको उक्त बहस यूट्यूब च्यानलबाट लाइभ प्रशारण भइरहँदा ती सांसदले प्रेमिकाको स्तनमा ‘किस’ गरेको भिडियो पनि एकैचोटि प्रशारण भइरहेको थियो। जब कि, केही सांसद संसदमै उपस्थित थिए भने धेरैजसो घरबाटै अनलाइन बैठकमा लाइभ उपस्थित थिए।

जुआन एमिलियोले भने आफूले त्यस बखत उक्त बैठक अफलाइन भएको महसुश गरेको प्रतिक्रिया दिएका छन्। तल्लो सदनका अध्यक्ष सर्जियो मासाले उनलाई बोलाएपछि राजीनामा दिएका हुन्। ​

अमेरीले हालसालै आफ्नी प्रेमिकाको स्तन बढाउने शल्याक्रिया गरेको समेत बताए। बैठक चलिरहँदा प्रेमिका आफ्नो कोठामा प्रवेश गरेपछि आफूलाई अफलाइन भएको महसुश भएपछि प्रेमिकालाई आफूसँगै बोलाएर किस गरेको स्पष्टिकरण  दिए।

उनको यस्तो गतिविधिको भिडियो केही बेरमै सामाजिक सञ्जालमा भाइरल बन्यो। र आलोचना पनि हुन थाल्यो। ती सांसदले प्रेमिकाको ब्लाउज तल तान्नुअघि नै उक्त भिडियो सामाजिक सञ्जालमा भिडियो भाइरल बनिसकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.