|

काठमाडौं : साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन्। प्रश्रितले सोमबार विज्ञप्ति जारी गर्दै आफूलाई दिइएको सम्मान नलिने निर्णय गरेको जनाएका छन्।

उनले संस्थाप्रति आभार प्रकट गर्दै उक्त सम्मान नलिने घोषणा गरेका हुन्। ‘खेम-हरिकला समाज कल्याण परिषदले मलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दछु’, विज्ञप्तिमा उनले भनेका छन्, 'पद्मश्री साधना सम्मानको सुचना सार्वजनिक भएपछि अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु।’​

 

यस्तै,आइतबार नै  लेखक सञ्‍जीव उप्रेतीले पद्मश्री सम्मान मोदनाथ प्रश्रितसँग एकै मञ्‍चमा बसेर लिन नसक्ने बताएका थिए।

प्रतिष्ठानले वर्ष २०७६ को पद्मश्री  साहित्य पुरस्कार आफूलाई दिने निर्णयबारे जानकारी पाएपछि उनले अर्का साहित्यकारसमेत रहेका प्रश्रितसँगै एकै मञ्‍चबाट उक्त पुरस्कार लिन नसक्ने बताइसेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.