|

काठमाडौं : कालो बजारी गर्ने व्यापारीबाट बरामद प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धमाधम बेचिरहेको छ। बजार अनुगमनका क्रममा बरामद गरिएको १२ हजार किलो प्याज साल्ट ट्रेडिङले थापाथलीमा आइतबारबाट बिक्री गर्न थालेको हो।

भारतले प्याज निकासी बन्द गरेपछि बढी मूल्य लिन लुकाएको प्याज सरकारले नियन्त्रणमा लिएको थियो। कालीमाटी, बल्खु लगायतका तरकारी बजारबाट बरामद प्याज किन्‍न मानिसहरु कोरोना संकटलाई बिर्सिएर लाइनमा छन्। 

कम्पनीले प्रतिकेजी ६० रुपैयाँमा प्याज बेच्न थालेको हो। कम्पनीले प्रतिव्यक्ति ३ केजी प्याज ६० रुपैयाँका दरले बिक्री गर्दै आएको छ। बजारमा अहिले प्याजको मूल्य १ सयदेखि १ सय ३० रुपैयाँसम्म छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.