|

काठमाडौं : त्रिवि शिक्षण अस्पताल अगाडिको जेब्रा क्रस गरिरहेकी महिलालाई कुल्चिएर ज्यान लिने चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरिएको छ। पूर्वमन्त्री दीपक खड्का सवार गाडीका चालक भनिएका जयराज जोशीलाई सवारी ज्यान मुद्दा अगाडि बढाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

परिसर प्रवक्ता एएसपी सोमेन्द्रसिंह राठौरले मान्छे किचेर भागेको उक्त गाडीका चालकविरुद्ध सवारी ज्यान मुद्दा चलाइएको बताए। मान्छे किचेर भागेकाले थप कारवाही हुन सक्ने उनले जानकारी दिए।

असोज ७ गते नेपाली कांग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री दीपक खड्काको गाडीले ठक्कर दिएर कुल्चिँदा एकजना महिलाको मृत्यु भएको थियो।

गाडीको ठक्करबाट ज्यान गुमाएकी महिलाका श्रीमान् घाइते भएका थिए। बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले बूढानीलकण्ठ-६ का विक्रम कार्की र अनुपा पाण्डे कार्कीलाई ठक्कर दिँदै कुल्चिएको थियो।

जेब्राक्रसमा हिँड्दै गर्दा मोटरसाइकलले ठक्कर दिएपश्चात् पछाडिबाट आएको प्राडोले कार्कीलाई किचेको थियो। प्रवक्ता राठौरका अनुसार भागेको मोटरसाइकलको खोजी तीव्र पारिएको छ।

यता सत्यतथ्य बाहिर नआए सशक्त आन्दोलन थाल्ने चेतावनी बूढानीलकण्ठ नगरपालिका-६ का वडाध्यक्ष नविन केसीले दिएका छन्।​

'देशकै सबैभन्दा बढी संवेदनशील त्रिवि शिक्षण अस्पताल नजिकैको सवारी दुर्घटनामा मुछिएकालाई प्रहरीले सार्वजनिक गरेको छैन', उनले भने, 'प्रहरीले अझै अनुसन्धान गरिरहेको भनेर आश्वस्त पार्न खोज्नु गलत हो।'

पीडित कार्कीका ४ वर्षीया छोरी छिन्। मृतकको शव शिक्षण अस्पतालमा राखिएको छ। दुर्घटना भएको क्षेत्रको सिसिटिभी राखिएको छ। तर अहिलेसम्म मोटरसाइकल फेला नपर्नु प्रहरीले घटना ढाकछोपमा लागेको केसीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.