|

काठमाडाैं : देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार आज ७ सय ४२ संक्रमित कोरोनामुक्त भएका छन्। 

आजको पिसिआर १० हजार ८० भएको उनले बताए। साथै हाल देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ६ सय ९५ संक्रमित छन्। हाल देशभर १९ हजार  ६ सय २४ सक्रिय संक्रमित रहेका पनि उनले बताए। 

आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

आज सुनसरीमा ३८ वर्षीया र भक्तपुरमा ५१ वर्षीया महिलाको मृत्यु भएको  छ। यस्तै बाँकेमा ४७ वर्षीय र गुल्मीमा ३४ वर्षीय महिलाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ। 

आज नेपालमा १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ। १० हजार ८० पीसीआर परीक्षण भएकोमा ४ सय ३६ महिला र ९ सय १५ जना पुरुषमा संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

काठमाडौंमा ६ सय ४९, ललितपुरमा १ सय ३२ र भक्तपुरमा ४० जनामा संक्रमण देखिएको छ। यो सँगै नेपालमा कुल संक्रमितको सख्या ७४ हजार ७ सय ४५ पुगेको छ। 

आज देशभरी सक्रिय संक्रमित १९ हजार ६ सय २४ जना रहेका छन्। देशभरीका संस्थागत आइसोलेसनमा आजसम्म प्रदेश नम्बर १ मा १ सय ९०, प्रदेश नम्बर २ मा ९ सय २६, बागमती प्रदेशमा ५ हजार ७ सय २ र गण्डकी प्रदेशमा ४ सय १९ जना रहेका छन्।

यस्तै प्रदेश नम्बर ५ मा ५ सय ७२, कर्णाली प्रदेशमा ३ सय ६२ र सुदूरपश्चिम प्रदेशमा ५ सय २४ गरी देशभरी ८ हजार ६ सय ९५ जना रहेका छन्।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ४ सय ३४, प्रदेश नम्बर २ मा ७ सय २५, बागमती प्रदेशमा ६ हजार ३ सय ४९ र गण्डकी प्रदेशमा ४ सय ८९ जना रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ४१, कर्णाली प्रदेशमा २ सय ४२ र १ सय ४९ गरी देशभरी १० हजार ९ सय २९ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्। आइसियुमा २ सय २५ र भेन्टिलेटरमा ३१ जना संक्रमित उपचाररत रहेका छन्। 

आज ७ सय ४२ जना संक्रमित निको भएर घर फर्किएका छन्। आजसम्म प्रदेश नम्बर १ मा ५ हजार २६, प्रदेश नम्बर २ मा १३ हजार १ सय ७६, बागमती प्रदेशमा १५ हजार २ सय १५ र गण्डकी प्रदेशमा ३ हजार २ सय ८५ जना डिस्चार्ज भएका छन्। यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ४ सय ६७, कर्णाली प्रदेशमा २ हजार ८ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय १६ गरी देशभरी ५४ हजार ६ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.