|

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको टोलीले बालाजु बाइपासमा सञ्चालित बज्रबाराही मिठाइ पसलको सामान बिक्री रोक्का गरिदिएको छ।

समितिको टोलीले सोमबार अनुगमन गर्दा पसल फोहोर भएको, तयारी खाद्य बस्तु खुल्ला राखेको, सेल, पुरी बनाउन प्रयोग गरिने भाँडा नमाझेको, तेल नफेरेको, भान्सा कहिल्यै सफा नगरेको, बिक्री गरेका बाँकी सामान भान्सामा राखेर सम्भव भएसम्म फेरि बेच्ने गरेको पाइएपछि बिक्री रोक्का गरिदिएको हो। 

अनुगमन टोलीका संयोजक एवं महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले भान्सा र भान्सेको सफाइ र खाद्यवस्तुको चालचलन मानव स्वास्थ्य अनुकुल नभेटिएपछि सरसफाइमा सुधार नगरुञ्जेल पसलबाट कुनै पनि मिठाइ, तरकारी तथा अन्य खाद्यवस्तु बेच्न नपाउने गरी रोक्का गरेको जानकारी दिए।  

उनले भने,‘मिठाइ पसलमा बेच्न राखिएका कुनै पनि खानेकुरा खानका लागि योग्य थिएनन्। त्यसैले रोक्का गरिदिएका हौँ।’ उनका अनुसार पसलमा लुकाएर राखेका कारण ढुसी आएको १ डेक्ची रोटी, २ डेक्ची समोसा, बिभिन्न खालका ८ बोरा मिठाइ, १ डेक्ची मालपुवा, ३ टे« गुँदपाक बरामद गरी फोहोरको गाडीमा नष्ट गरिएको छ।

बालाजुकै माछापोखरी क्षेत्रमा रहेका खाद्यान्‍न पसलहरूमा उपभोग गर्ने मिति सकिएका सामानहरु बेच्ने गरेको पाइएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.