राजस्थानले पञ्‍जावको सर्वाधिक लक्ष्य भेट्टायो

|

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं सिजन जारी छ। जारी सिजनमा अहिलेसम्म ९ खेल भएका छन्। जहाँ १४ रेकर्ड बनिसकेका छन्। 

नवौं खेलमा मात्रै ५ रेकर्ड कायम भए। जहाँ राजस्थानले ऐतिहासिक रुपमा पन्जावविरुद्ध कीर्तिमानी रन चेज गर्दा पहिलो पटक रन चेज गर्ने टिमले ५ ओभरमा सर्वाधिक ८६ रन बनाएको थियो।

जहाँ सिजनको ओपनिङ खेलमा चेन्‍नईले मुम्बईलाई हराउँदा कप्तान महेन्द्र सिंह धोनी एकै टिमलाई १०० खेल जिताउने एक्लो कप्तान बने। त्यस्तै राजस्थानका सन्जु सैमसन एकै खेलमा ७० बढी रन बनाउने र ४ खेलाडी आउट गर्ने लिगको पहिलो विकेट किपर का रुपमा रहे। यि बाहेक लिगमा बनेका रेकर्ड यस्ता छन्।

आईपीएलको सर्वाधिक ठूलो लक्ष्य चेज

सिजनको नवौं खेलमा राजस्थान रोयल्सले किंग्स इलेवन पञ्जावले दिएको २२४ रनको विशाल लक्ष्य चेज गर्दै नयाँ इतिहास बनायो। जहाँ उसले २२६ रन बनाउँदै ४ विकेटले खेल आफ्नो पक्षमा पार्यो। यसअघि राजस्थानकै नाममा यो रेकर्ड रहेको थियो। राजस्थानले २००८ मा डेक्कन चार्जर्स विरुद्ध २१५ रनको लक्ष्य चेज गर्दै २१७ रन बनाएको थियो। 

अन्तिम ५ ओभरमा ८६ रन

विशाल स्कोर चेज गर्ने क्रममा राजस्थानले अन्तीम पाँच ओभरमा सर्वाधिक ८६ रन जोडेको थियो। शारजहा मैदानमा भएको खेलमा एतिहासिक रन बनेको थियो। यसअघि २०१२ मा चेन्नईले बैंगलेर विरुद्ध अन्तीम पाँच ओभरमा ७७ रन बनाउनु सर्वाधिक स्कोरका रुपमा रहेको थियो।

पन्जाव र राजस्थानका तीन रेकर्ड

पन्जाबले लगातार दोस्रो खेलमा शतक बनायो। २०१४ मा पनि टिमका खेलाडीले लगातार दुई खेलमा सतक प्रहार गरेका थिए। पन्जाव दुई पटक यो उपलब्धी हासिल गर्ने पहिलो टिम बन्यो। 

पन्जाबका कप्तान केएल राहुल र मयंक अग्रवाल पहिलो विकेटका लागि १८३ रनको साझेदारी गर्न सफल भए। जुन ओपनिङमा तेस्रो ठुलो साझेदारी हो। यसअघि सर्वाधिक ठुलो साझेदारी १८५ रनको रहेको छ। जहाँ हैदराबादका कप्तान डेविड वार्नर र जोनी ब्यारिस्टो बिच २०१९ को सिजनमा बैंगलोर विरुद्ध भएको थियो। 

राजस्थानविरुद्ध पन्जावले १३ शतक लगायो। जुन सर्वाधिक शतक लगाउने टिमको रुपमा बैंगलोरको बराबरी हो। 

एकै खेलमा रेकर्ड १३ छक्का

यो सिजनको चौंथो खेलमा छक्काको वर्षा भएको थियो।जहाँ राजस्थानले चेन्नईसँग प्रतिष्पर्धा गरेको थियो। उक्त खेलमा चेन्नई १६ रनले पराजित भएको थियो। जुन भिड्न्तमा ३३ छक्का प्रहार भएका थिए। आईपीएलमा यस्तो दोस्रो पटक सम्भव भएको हो। यसअघि बैंगलोर र चेन्नई बिच २०१८ मा भएको खेलमा पनि ३३ छक्का प्रहार भएको थियो।

रोहितको २०० छक्का

मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा आईपीएलमा २०० छक्का प्रहार गर्ने दोस्रो तथा समग्रमा चौंथो खेलाडी बने। उनी अघि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीका रुपमा क्रिस गेल ३२६ छक्काका साथ शिर्ष स्थानमा रहेका छन्। त्यस्तै समग्रमा एबी डिविलियर्स २१५ सहित दोस्रो तथा महेन्द्र सिंह धोनी २१२ छक्काका साथ तेस्रो स्थानमा रहेका छन्। 

पियुष चावला सर्वाधिक छक्का खाने बलर

चेन्‍नईका लेग स्पिनर पियुष चावलाका नाममा एक नचाहेको रेकर्ड कायम भएको छ। जहाँ उनी लीगमा सर्वाधिक छक्का खाने बलर बने। चावलले राजस्थान विरुद्धको खेलमा ६ छक्का खाएपछि उनी सर्वाधिक १७६ छक्का खाँदै सर्वाधिक छक्का खाने बलर बने।

एक टिमविरुद्ध सर्वाधिक रन बनाउने खेलाडी रोहित

रोहित शर्मा आईपीएलमा कुनै एक टिम विरुद्ध सर्वाधिक ९०४ रन बनाउने खेलाडी बने। उनले कोलकाताविरुद्ध ८० रन जोड्दै उनले २६ खेलमा यो उपलब्धी हासिल गरे। उनी पछि डेभिड वार्नरले कोलकता विरुद्धनै ८२९ रन बनाएका छन्। त्यस्तै आरसीबीका विराट कोहलीले दिल्ली विरुद्ध ८२५ रन जोडेका छन्।

एकै इनिङमा सर्वाधिक रन बनाउने भारतीय राहुल

किङ्स इलाभेन पन्जाबका कप्तान लोकेश राहुल आरसिवीविरुद्ध १३२ रनको सानदार इनिङ खेले। यो इनिङ सँगै उनी ब्यक्तिगत रुपमा एकै इनिङमा सर्वाधिक धेरै स्कोर बनाउने भारतीय खेलाडी बने।

उनी अघि रिसभ पन्तको नाममा १२८ रनको स्कोरनै सर्वाधिक रहेको थियो। सर्वाधिक स्कोर भने गेलका नाममा छ। उनले १७५ रन एकै इनङमा बनाएका छन्।

कोहली एकै टिमलाई ५० खेल जिताउने चौथो कप्तान

आरसीबीले सीजनको आफ्नो पहिलो खेलमा हैदराबादलाई १० रनले हरायो। यो सँगै विराट कोहली लीगमा टिमलाई ५० खेल जिताउने चौंथो कप्तान बने।  उनी अघि चेन्नईका महेन्द्र सिंह धोनी, कोलकताका गौतम गाम्भीर  र मुम्बईका रोहित शर्माले यो उपलब्धी हासिल गरेका छन्। 

१०० खेल जिताउने धोनी एक्लो कप्तान

महेन्द्र सिंह धोनी आईपीएलमा एक्ला कप्तान हुन् जसले १७७ खेलमा १०५ खेलमा टिमलाई जित दिलाएका छन्। जसमा उनले चेन्नईलाइ १०० तथा पुणे वारियर्स सुपर जाइन्टलाई ५ खेलमा जित दिलाएका छन्। 

उनीपछि गौतम गाम्भीरले दिल्ली र कोलकातालाई १२९ मध्ये ७१ खेलमा जित दिलाएका छन्। त्यस्तै रोहित शर्माले मुम्बई इन्डियन्सलाई १०६ मध्येमा ६१ तथा विराट कोहलीले आरसीबीलाई ११२ मध्ये ५० खेलमा जित दिलाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.