|

डडेल्धुरा : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल)को १० औँ म्याचमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी)ले मुम्बई इण्डियन्सलाई २ सय २ रनको लक्ष्य दिएको छ। 

टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनायो। उसका लागि तीन खेलाडीले अर्धशतक बनाए। मुम्बईविरुद्ध आज एबी डिभिलियर्सले अविजित ५५, देवदत्त पाडीक्कलले ५४, आरोन फिन्चले ५३, कप्तान विराट कोहलीले ३ र शिवम् दुबेले नटआउट २७ रन बनाए। 

बलिङमा मुम्बई टिमका ट्रेन्ट बोल्टले २ र राहुल चाहरले एक विकेट लिए। मुम्बईविरुद्ध आरसिबीले आज तीन खेलाडी परिवर्तन गरेको छ। परिवर्तन गरिएका खेलाडीमा एडम जम्मा, इशरु उडाना र गुरकित सिंह छन्। जम्पा र उडानाले पहिलो पटक आरसिबीबाट आइपिएल खेलिरहेका हुन्। 

जम्पाले यसअघि राइजिङ सुपर जाइन्ट्सबाट आइपिएलमा डेब्यु गरिसकेका छन् । तर, उडानाले भने आज पहिलो पटक आइपिएल खेल्दै छन्। उनलाई आरसिबीले अक्सनबाट ५० लाख भारुमा अनुबन्ध गरेको थियो। मुम्बईले आज प्लेइङ ११ मा सौरभ तिवारीको स्थानमा इशान किशनलाई मौका दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.