|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो। जवाफमा बेंगलोरका कप्तान विराट कोहली र एबी डी भिलियर्सले ६ बल खेल्दै लक्ष्य पुुरा गरे। 
सुपरओभरअघि जितका लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

मुम्बईका लागि ईशान किशानले सर्वाधिक  ९९ र  काइरन पोलार्ड ६० रनमा अविजित रहे। बैंग्लोरका इसुरु उडानाले सर्वाधिक  २ विकेट लिए। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो। जसमा एबी डी भिलियर्सले अविजित ५५ रन बनाए भने र आरोन फिन्चले ५२ रन जोडे। कप्तान विराट कोहली तेस्रो खेलमा पनि असफल भए। उनले मात्र ३ रन बनाए।

मुम्बईका ट्रेन्ट बोल्टले सर्वाधिक  २ विकेट हात पारे। प्रतियोगिता अन्तरगत आज दिल्ली क्यापिटल्स् र सनराइजर्स हैदराबादबिच प्रतिस्पर्धा हुनेछ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.