|

सर्लाही : हरिपुर नगरपालिकामा घुम्ती कक्षा सञ्चालन सुरु भएको छ। कोरोना भाइरस महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएपछि गाउँगाउँ गएर घुम्ती कक्षा सञ्चालन गर्न थालिएको हो।

लामो समयदेखि कक्षा सञ्चालन नहुँदा विद्यार्थीको पढ्ने बानीमा कमी आउने भएकाले घुम्ती कक्षा सञ्चालन गर्नु परेको नगरपालिकाको शिक्षा शाखाले बताएको छ। नगरपालिकामा रहेका १५ सामुदायिक विद्यालय र सात मदरसा गरी करिब १०० स्थानमा सिकाइ केन्द्र बनाएर घुम्ती कक्षा सञ्चालन भइरहेको छ। यसरी कक्षा सञ्चालन हुँदा विद्यार्थी तथा अभिभावक दुवै खुशी भएकन नगरपालिकाका शिक्षा शाखा प्रमुख नागेश्वर राय बताउँछन्।

तर‚ यसरी कक्षा सञ्चालन गर्दा एउटै शिक्षकले विभिन्न कक्षाका विद्यार्थीलाई पठनपाठन गराउन असहज हुनुका साथैँ विद्यार्थीलाई खानेपानी तथा शौचालयको समस्या हुने गरेको शिक्षक रामऔतार चौधरी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.