|

कपिलवस्तु : असोज १३ , कपिलवस्तु सुनचाँदी व्यवसायी संघका सचिव राघबेन्द्र बर्मा मृत भेटिएका छन्।

यशोधरा गाउँ पालिकाको खोरियास्थित वाणगंगा नदीको किनारमा घोप्टो परेको अवस्थामा  उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

बर्माले जिल्ला सदरमुकाम तौलिहवामा व्यवसाय सञ्चालन गर्दै आएका थिए। शनिबार साँझ उनी घुम्न भनी घरबाट निस्केका थिए। राती अबेरसम्म नफर्केपछि परिवारजनले खोजतलासका लागि प्रहरीमा खबर गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.