जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

|

सर्लाही : सर्लाहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। नारायणी क्षेत्रीय अस्पताल वीरगन्जमा उपचाररत बरहथवा नगरपालिका–६ का ७० वर्षीया वृद्धाको मंगलबार बिहान मृत्युभएसँगै कोरोनाबाट जिल्लामा ज्यान गुमाउनेको संख्या ७ पुगेको हो। 

स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पतालमा भर्ना गरिएको वृद्धामा सोमबार बिहान कोरोना पुष्टि भएको थियो। नेसनल मेडिकल कलेजले स्थापना गरेको अस्थायी कोरोना अस्पतालमा उनको मृत्यु भएको बरहथवा नगरपालिका-६ का वडाध्यक्ष मोहम्मद अफताब आलमले जानकारी दिए। उनका अनुसार मृतकमा मधुमेहको रोग थियो। 

शव आजै ल्याएर सरकारले बनाएको मापदण्ड अनुसार बागमती नगरपालिका–११ स्थित बागमती खोलामा नेपाली सेनाले व्यवस्थापन गरेको छ। नेपाली सेना रणशेर गण पाँचकुमारीका सेनानी (मेजर) ऋषि न्यौपाने नेतृत्वको टोलीले शव व्यवस्थापन गरेको हो। सो टोली मलंगवास्थित कुमुस पार्टी प्यालेसमा आइसोलेटेड भएर बसेको छ।

सेनाले जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएकाको तेस्रो पटक शव व्यवस्थापन गरेको हो। यसअघि चक्रघट्टा र हरिपुर्वामा एक/एक जना संक्रमितको शव सेनाले व्यवस्थापन गरिसकेको छ। 

हालसम्म मलंगवामा दुई, लालबन्दी, हरिपूर्वा, हरिपुर, बरहथबा र चक्रघट्टामा एक–एक गरी कोरोनाबाट ७ जनाको ज्यान गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.