|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले पहिलो जित हात पारेको छ।

मंगलबार राति सम्पन्न ११ औं खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले तेस्रो खेलमा पहिलो जित हात पारेको हो। दिल्लीको जारी सिजनमा यो पहिलो हार हो। जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन बनायो।

दिल्लीका शिखर धवनले सर्वाधिक  ३४ रन र रिसभ पन्तले २८ रन बनाए।  हैदराबादका रासिद खानले ३ तथा भुवनेश्वर कुुमारले २ विकेट हात पारे।   त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर ब्याटिङको थालेको हैदराबादले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो।

हैदराबादका लागि जोनी बेयरस्टोले ५३ र डेभिड वार्नर ४५ रन बनाए। दिल्लीका  अमित मिश्रा र कागिसो रबाडाले २-२ विकेट लिए। रासिद खान म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत बुधबार आज राजस्थान रोयल्स र कोलकाता नाइट राडर्सबीच खेल हुने छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.