|

संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोना भाइरसविरुद्धको खोपका लागि सहयोगको आह्वान गरेका छन्।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका विरुद्धमा खोप विकास गरी उपचार गराउन ३५ अर्ब अमेरिकी डलरको आवश्यकता परेको उनले बताएका हुन्।

‘विश्व नै अहिले आपतकालिन अवस्थामा छ, त्यसको निवारणका लागि खोपको आवश्यकता पर्दछ, त्यसको विकास, उत्पादन र विक्रि वितरणका लागि ठूलो धनराशी चाहिने भएको छ,’ उनले भने।

राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा उनले विश्वव्यापी यो महामारी अन्त्यका लागि सबैले सहयोग गर्नु पर्नेमा जोड दिए।

विश्वलाई पुनः पहिलेकै अवस्थामा फर्काउनका लागि आ(आफ्नो ठाउँबाट सबैले योगदान गर्नुपर्ने तथा स्वास्थ्य, बौद्धिक, अध्ययन अनुसन्धानका क्षेत्रबाट र नीति क्षेत्रबाट पनि प्रयासहरु भइरहेको उनले जानकारी दिए।

न्युन तथा मध्यम आर्थिक अवस्था भएका देशहरूलाई सहयोगको थप आवश्यकता भएको तर्फ उहाँले विश्वको ध्यान जानुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.