|
अमेरिकाकी राष्ट्रपतिका दाबेदार जो बाइडन र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा कोरोना भाइरसबाट संक्रमित तथा ज्यान गुमाउनेको संख्या लुकाइएको आरोप लगाएका छन्। 

कोरोना महामारीलाई लिएर यसअघि चीनविरुद्ध खनिएका र क्वाड गठबन्धनमा भारतलाई सरिक गराएका ट्रम्प यतिखेर भारतविरुद्ध नै खनिएका हुन्।

राष्ट्रपतीय चुनावका दौरान ट्रम्प बुधबार आफ्ना प्रतिष्पर्धी जो बाइडनसँग स्वास्थ्य, न्याय, नस्लीय भेदभाव र अर्थव्यवस्थाजस्ता अलग–अलग मुद्दाहमाथि बहस गरिरहेका थिए।

ट्रम्पले अमेरिकामा भन्दा भारत, रुस र चीनमा धेरै संक्रमितको मृत्यु भएका, तर वास्तविक आंकडा लुकाइएको बताएका बीबीसी हिन्दीमा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.