|
चितुवाको आक्रमणमा ज्यान गुमाएका युवक

रौतहट : चन्द्रपुर नगरपालिकामा चितुवाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। बाघको आक्रमणबाट वडा नम्बर ६ चिम्नी टोलका संगम भण्डारीको मृत्यु भएको हो। मंगलबार बिहान घाँस काट्न गएका भण्डारीको शव बुधबार बिहान रंगपुर साझेदारी वनमा भेटिएको हो। 

भण्डारीको कम्मरमुनिको भाग चितुवाले खाएको छ। घाँस काट्न गएका भण्डारी घर नफर्किएपछि १०÷११ जना युवाहरु राति जंगलमा गएका थिए। खोजी गर्न गएकामध्ये चन्द्रपुर–६ का २८ वर्षीय अशोक थापा र ३५ वर्षीय प्रबिण श्रेष्ठलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको स्थानिय श्यामहरि चौलागाईले जानकारी दिए। उनीहरुलाई सतेरी जंगलको तीन कुवा भन्ने ठाउँमा आक्रमण गरेको हो। 

बाघको आक्रमणबाट उनीहरुको पाखुरा, छाती, हातमा गहिरो चोट लागेको छ। घाइतेहरुलाई राति चन्द्रपुर अस्पताल उपचाररत छन्। भण्डारीको शव भने जंगलबाट ल्याइँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमकुमार शाहीले जानकारी दिए।

आक्रमण गर्ने जनावर चितुवा हुन सक्ने डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले बताए। उक्त वन क्षेत्रमा बाघ बस्न नसक्ने हुँदा चितुवा भएको अनुमान गरिएको सिंहले बताए।

आक्रमण भएको स्थल घना जंगल भएको कारण त्यस क्षेत्रमा स्थानीयलाई पटक पटक नजान आग्रह गर्दै आइरहेको उनको भनाइ छ। केही वर्ष यता रौतहटका जंगलमा हात्ती, बँदेल, गैंडा, जरायोलगायतका वन्यजन्तु देखा पर्न थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.