विवादपछि चेन्‍नईलाई ट्विटरमा अनफलो गरेका थिए

|

काठमाडौं : चेन्‍नई सुपर किङ्सले टिमको लिस्टबाट पूर्व भारतीय क्रिकेटर सुरेश रैनाको नाम हटाएको छ। अब रैना टिममा फर्कने दर्शकको विश्वास लगभग समाप्त भएको छ।

चेन्‍नईका स्टार ब्याट्सम्यान रैनालाई यो पटक फ्यानहरूले अत्याधिक मिस गरिरहेका छन्। तर ब्यवस्थापनसगँको मनमुटावका कारण रैना आईपीएल सुरु हुनु अगावै दुबई छोडेर भारत फर्किएका थिए। तर उनले ब्यक्तिगत कारण देखाउँदै स्वदेश फर्किएको जनाएका थिए।

आईपीएलको वेबसाइटबाट पनि गायव

रैना फिर्ता आएसँगै उनको टिममा पुनरागमनको विषय चर्चामा रहेको छ। सुरेश रैना आफैंले पनि जुनसुकै समयमा युएई फिर्ता हुन सक्ने जनाएका थिए।

तर अब अवस्था निकै बिग्रिएको छ। यसकै असरका रुपमा चेन्‍नई तथा आईपीएलको वेबसाइटबाट रैनाको नाम हटाइएको छ। टिमको सेक्सनमा पनि सबै खेलाडीको नाम भएपनि रैनाको भने छैन। त्यसबाट पनि रैना यो सिजन चेन्‍नईमा पुनरागमन गर्ने सम्भावना नरहेको हो।

रैनाले चेन्‍नईलाई गरेका थिए अन-फलो

शुक्रवार चेन्‍नईले लगातार दोस्रो हार ब्यहोर्दा सामाजिक सञ्जालमा समर्थकले रैनालाई फिर्ता बोलाउन दबाब दिएका थिए। उनीहरु रैनालाई टिममा ल्याउनु पर्ने माग गरिरहँदा पनि चेन्‍नईले कुनै जवाफ नदिएपछि रैनाले चेन्‍नईलाई ट्वीटरमा अन-फलो गरेका थिए।

रैना फिर्ता ल्याउन ह्यासट्याग अभियान

समर्थकले भने रैनालाई टिममा फिर्ता ल्याउन निरन्तर दबाब दिइरहेका छन्। यसबीचमा फिल्डिङ दुनियाका बादसाह जोन्टी रोड्सले पनि रैनाको खेल मिस भएको बताएका छन्।

उनले क्लब भन्दा खेलाडी ठूलो नहुने भए पनि अहिले चेन्‍नईमा रैनाको अभाव महसुस गरेको बताए। जारी सिजन चेन्‍नईको निरन्तर पराजित भइरहेकालेपनि समर्थकले निरन्तर रैना फिर्ता हुनु पर्ने भन्दै 'सुरेश रैना कमब्याक आईपीएल' ह्यासट्याग अभियान चलाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.