|

काठमाडौं : साझा पार्टी संयोजक रवीन्द्र मिश्र र केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले अनसनरत डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालको सत्याग्रहस्थलमै भेटी उनको मागमा ऐक्यबद्धता जनाएका छन्। 

संयोजक मिश्रले अनसनको १७ दिन भइसकेकाले तत्काल समिति बनाएर सार्थक वार्ता गरी केसीको जीवन रक्षा गर्न सरकारलाई आह्वान पनि गरेका छन्। 

साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले  भुइँमान्छेहरुको लागि एक बुँद पानी समेत नखाई १७ औं दिनसम्म कठोर आमरण अनसनमा बस्दा पनि सरकारले अनदेखी गर्नु गैर जिम्मेवारीको पराकाष्ठा भएको टिप्पणी गरेका छन।

‘डाक्टर केसी जनताका लागि हाड-छाला सुकाएर, ओठ कलेटी पारेर २ हप्ता अघिबाटै आमरण अनसनमा हुनुहुन्छ। यस्तो संवेदनशील विषय उठान गर्दा समाजवाद उन्मुख राज्यले ती मागको अपनत्व महशुस गर्नु त कता हो कता केसीका माग सम्बोधन गर्न अहिलेसम्म वार्ता टोली समेत गठन नगरेर अनदेखा गरिरहेको छ, यो भन्दा गैरजिम्मेवारी व्यवहार के हुन सक्छ?', उनले भने।

नेता परियारले सरकारप्रति व्यंग्य गर्दै भनेका छन्,'सत्याग्रही केसीको माग सम्बोधनका लागि दुर्गा प्रसाईंहरुले ‘ग्रीन सिग्नल’ नदिएसम्म के राज्य तमासा चलिनै रहने हो?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.