|

बुटवल : बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ। 

बुटवल उपमहानगरपालिका–८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका ति पुरुष बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए। 

उनको उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको हो। उनी उच्च रक्तचापका दीर्घ रोगी रहेको डा. गौतमले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.