|

कञ्चनपुर :कञ्चनपुरका जबरजस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

दुवै जनालाई घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। जबरजस्ती करणीको वारदात गरी फरार रहेका एक जनालाई १८ वर्ष र अर्कालाई पाँच वर्ष पछि प्रहरीले पक्राउ गरेको हो।

कञ्चनपुर जिल्ला अदालतबाट दुई वर्ष ६ महिना कैद फैसला भएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बेलौरी नगरपालिका २ का ज्ञानसिंह रानालाई प्रहरीले पक्राउ गरेको हो।

राना विसं २०५९ साल जेठ २५ गते जबरजस्ती करणीको वारदात गरी फरार रहेका थिए। रानालाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए।

यसैगरी, जबरजस्ती करणीको मुद्दामा ६ वर्ष कैद फैसला भएका पुर्नवास नगरपालिका ३ का वर्ष ३७ का जोगी धामीलाई प्रहरीले पक्राउ गरेको छ। धामीले विसं २०७३ साल असार ३ गते वारदात गरी फरार रहेका थिए।

जबरजस्ती करणीको वारदात गरी फरार रहेका दुवै जना प्रतिवादीलाई आफनै घर ठेगानामा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गरी अदालतबाट कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.