|

दाङ : गत असोज १ गतेबाट लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालन आएका छन्। लामो समयसम्म घरमै पार्किङ गरेर राख्दा खिया लागेका सवारीसाधन मर्मत गरी संचालन गरेपनि यात्रु भने चढ्ने गरेका छैनन्‌।

दाङदेखि सल्यानसम्म सार्वजनिक सवारीसाधन चलाइरहेका चुडा बहादुर बिकले यात्रुहरू गाडीमा नचढ्दा आफूहरूलाई मर्का परेको बताए। उनले स्वास्थ्य मापदण्ड अपनाएपनि यात्रुहरू चढ्ने नगरेको जानकारी दिए।

‘हामीले स्वास्थ्य सुरक्षा अपनाएर गाडी चलाउने हो, तर खाली गाडी गुडाउनु परिरहेको छ,’ उनले भने, ‘बसपार्कबाट पूरै सिट भरेर बाटोमा नरोकी जान खोज्दा यात्रु नै पाइँदैन, बाटोमा भेटिएका यात्रु राख्दा कोरोना संक्रमण जोखिम हुनसक्ने भएकाले यात्रु नै चढ्दैनन्, गाडी खाली हुन्छ।’

लामो दूरीका गाडी चालक यज्ञबहादुर बोहराले गत चैत ११ गतेदेखिको लकडाउन पछि पहिलो पटक गाडी काठमाडौँ जान लागेपनि यात्रुहरू नभएको बताए। गाडीमा स्वास्थ्य सामग्रीहरू राखिएपनि यात्रुहरू कमै मात्रामा चढेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.