|

दार्चुला : दार्चुलामा पछिल्ला तीन वर्षभित्र ५७ जनाले आत्महत्या गरेका छन्‌। आत्महत्याका घटना दर्ता संख्या वर्षेनी बढिरहेको छ। 

जिल्ला प्रहरी कार्यालय दार्चुलामा आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ सम्मको अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना दर्ता भएका छन्। तीन वर्षको अवधिमा जिल्लाभर ५७ जनाले आत्महत्या गरेको घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख पदम बहादुर बिष्टले बताए।

आर्थिक वर्ष २०७४/७५ मा १५ वटा आत्महत्याका घटना दर्ता भएको थियो। २०७५/७६ मा यो संख्या बढेर १८ पुगेको थियो। यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा पनि अघिल्लो वर्षकै जति १८ वटा आत्महत्याका घटना दर्ता भएकोे प्रहरी नायब उपरीक्षक बिष्टले जानकारी दिए।

जिल्लाभरी भएका आत्महत्याका घटनामध्ये प्रहरीमा दर्ता भएका घटनाहरूको संख्या मात्रै हालसम्म ५७ पुगेको छ। अझै ग्रामीण क्षेत्रमा कतिपय आत्महत्याका घटना प्रहरीसम्म नपुगेको आशंका गरिएको छ।

तीन वर्षको अवधिमा सबैभन्दा बढी झुन्डिएर आत्महत्या गरेक घटनाहरू रहेको प्रहरीले जानकारी दिएको छ। ५१ जनाले झुन्डिएर आत्महत्या गरेका घटना रहेका छन् भने विष सेवन गरी दुई जना र पानीमा हाम फालेर ४ जनाले आत्महत्या गरेका हुन्‌।

​यस्तै, चालू आर्थिक वर्षको यो अवधिमा चार जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने एक जनाले पानीमा हाम फालेर ज्यान गुमाएको प्रहरी तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.