|

सल्यान : सल्यानमा बिहिबार ३६ जनाले कोरोना जितेर घर फर्किएका छन्। बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा उपचारत ३६ जना निको भएर पछि घर फर्किएका हुन्‌। 

कोरोना निको भएर घर फर्किएका सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन्। बिहिबार कोरोना जितेर घर जानेहरु दुई वर्षको बच्चादेखि ४८ वर्ष उमेर समूहका रहेको बनगाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बासुदेव पोख्रेलले बताए। आइसोलेसनमा बसेका नौ महिला र २७ पुरुषले कोरोना जितेको उनले जानकारी दिए। 

गत असोज २ गते चार जना र भदौ ३१ गते ३३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेनमा बस्दै आइरहेका थिए। घर फर्किएका सबै २० दिनभन्दा बढी आइसोलेनमा बसेको पोखरेललको भनाई छ।

कोरोना निको भएर घर फर्किनेमा नगरपालिकाको वडा नम्बर १ का आठ महिला र २१ पुरुष, वडा नम्बर २ का एक, वडा नम्बर ३ का दुइ, वडा नम्बर ४ का दुई र वडा नम्बर ५ का एक जना रहेका छन्। 

यससँगै सल्यानका कोरोना निको भएर घर फर्किनेको संख्या तीन सय ४२ पुगेको छ। जिल्लामा ६५ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ। सल्यानमा हालसम्म ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.