|

युवा!
तिमी बिहानी घाम हौ ,

तर तिमी
अरूको फेरो समातेर
उदाउँछौ।

युवा!
तिमी आफैँमा आन्दोलन हौ ,
तर तिमी
कसैको इसारामा आन्दोलित
हुन्छौं।

युवा !
तिमी परिवर्तनको मसाल हौ,
तर तिमी
झुप्रोमा आगो र महलमा धुप बाल्छौ।

युवा !
तिम्रो एक पाइलाले समाज बदलिन्छ ,
तर तिमी
नयाँ पाइला चाल्दैनौ र समाज पछि धकेलिन्छ

युवा!
तिमी सँग समयले धेरै आस गरेको छ,
तर तिमीसँग
आफ्नै विचार र इच्छाशक्ति छैन

युवा!
अब म तिमीलाई युवा भन्न सक्दिनँ ,
तर तिमी
जुन दिन युवा बन्नेछौ
त्यो दिन मैले बन्दकी राखेको
शुभकामना तिमीलाई बाँड्ने छु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.