|

काठमाडौं : भारतीय स्वतन्त्रता संग्रामका नायक महात्मा गान्धीको १५१ औं जन्म जयन्तीका अवसरमा नेपालका कान्छा सामाजिक अभियन्ता केपी खनाललाई युथ आइकन अवार्डले सम्मान गरिएको छ। 

भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार राइजिङ टुइकल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा उनलाई युथ आइकन अवार्डबाट सम्मान गरिएको हो। समाजमा उदाहरणीय कार्य गरेको ठहरसहित फाउन्डेसनले खनाललाई सम्मान गरेको हो।

सानै उमेरमा संघीय राजधानी काठमाडौंसहितका विभिन्‍न जिल्लामा स्वच्छता र सरसफाइ अभियान चलाइरहेका उनले असहाय र गरिबलाई पनि सहयोग गर्दै आइरहेका छन्। 

उनले सामाजिक अभियान चलाएरै बाजुरामा अनाथाश्रम निर्माण गरेका छन्। सामाजिक काममा जुटिरहेका खनाल पछिल्लो समय कैलालीमा 'हेल्प निडी अभियान'का क्रममा छन्। जहाँ उनले मजदुर र गरिबहरको घर-घरमा खाद्यान्‍न उलब्ध गराउँदैछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.