|
फाइल फाेटाे

काठमाडौं : सरकारले लामो विवादपछि हालै प्रदेश ५ को नाम र राजधानी प्रस्ताव गरेको विषयमा नेपाली कांग्रेस बर्दियाले सकारात्मक धारणा सार्वजनिक गरेको छ।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले एक विज्ञप्ती जारी गर्दै प्रदेशको नाम र स्थान उपयुक्त ठाउँमा रहेकोले बर्दिया कांग्रेसले सकरात्मक रुपमा लिएको उल्लेख गरेका हुन्। 

‘जनताको व्यापक दबाबका कारण प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी (भालुवाङ) मा राख्ने प्रस्तावको निर्णय भएको छ,’ गौतमले विज्ञप्तिमा लेखेका छन्, ‘प्रस्तावित राजधानी भौगोलिक रुपले ५ नम्बर प्रदेशका सबै जिल्लाहरूको सुलभ पहुँच हुने भएकोले प्रदेशको नाम र स्थान उपयुक्त रहेको हुँदा कांग्रेस बर्दियाले यसलाई सकारात्मक रुपमा लिएको छ।’ 

प्रतिनिधिसभाको निर्वाचनमा नेकपाका उपाध्यक्षसमेत रहेका वामदेव गौतमलाई हराएका सञ्जयकुमार गौतमले भनेका छन, ‘प्रस्तावित नाम र स्थानलाई प्रदेशसभाबाट यथाशीघ्र पारित गरी कार्यान्वयनमा लैजान नेपाली कांग्रेस बर्दिया जोडदार माग गर्दछ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.