|

क्‍वाड्रिल्याटरल सेक्युरिटी डायलग (क्‍वाड) बैठकमा अमेरिका बाहेकका मुलुक चीनप्रति मौन देखिएका छन्। एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावसँग लड्न भन्दै भारत, अमेरिका, अष्ट्रेलिया र जापानबीच यो गठबन्धन बनेको छ।

मंगलबार जापानको टोकियोमा बसेको क्वाडको बैठकमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले गठबन्धनमा सामेल देशहरु मिलेर चीनको सामना गर्नुपर्ने बताएका थिए। तर, गठबन्धनका अरु सदस्यले भने चीनको नामसम्म नलिएको बीबीसीमा उल्लेख छ। 

बैठकमा अस्ट्रेलियाका विदेशमन्त्री मारिसे पेने, भारतीय विदेशमन्त्री एस जयशंकर, जापानका विदेशमन्त्री तोशिमित्सु माटेगी र अमेरिकी विदेशमन्त्री पोम्पियो सहभागी थिए। बैठकमा उपस्थित अधिकारीहरुले क्वाडको मन्त्रीस्तरीय बैठक हरेक वर्ष बस्ने सहमति मात्र जनाउन सकेका छन्। 

पोम्पियोले के भने ? 

अमेरिकी विदेशमन्त्री पोम्पियोले हिमालय क्षेत्रको वास्तविक नियन्त्रण रेखामा भारत–चीनबीच भइरहेको विवाद र चीनका साथ कायम क्षेत्रीय विवादवारे चर्चा गरेका थिए। 

'क्‍वाड' गठबन्धन बनाएको भारतले चीनलाई चुनौती दिनसक्ला

क्वाड गठबन्धनमा सदस्य राष्ट्र हुनुका नाताले अब सबै मिलेर चीनको कम्युनिष्ट पार्टीविरुद्ध लाग्नुपर्ने पोम्पियोको भनाई थियो। दक्षिण र पूर्वी चीन सागर, हिमालय क्षेत्र, ताइवानलगायतका क्षेत्रमा चीनको प्रभुत्वविरुद्ध लड्न उनले आग्रह गरेका थिए।

पोम्पियोले चीनलाई घेर्नुपर्ने अभिव्यक्ति दिएपछि बेइजिङले क्वाड गठबन्धनलाई चीन विरोधी संज्ञा दिएको छ। 

अरू देशले नामै लिएनन्‌

तर, बैठकमा अमेरिका बाहेक अरु देशले चीनको नाम समेत उच्चारण गरेनन्।

बैठक पश्चात जापानका विदेशमन्त्रीले जारी गरेको प्रेस विज्ञप्तिमा पनि उत्तर कोरिया, पूर्वी चीन सागर र दक्षिण चीन सागरको क्षेत्रीय अवस्थाबारे विचार आदानप्रदान भएको उल्लेख गरेका छन्। तर सो विज्ञप्तिमा चीनको नाम कहिँ कतै उल्लेख गरिएको छैन। 

भारतीय विदेशमन्त्री एस जयशंकरल पनि क्वाडका सबै सदस्यले नियममा आधारित अन्तरराष्ट्रिय व्यवस्था कायम राख्न प्रतिबद्धता जनाएको उल्लेख गरेका छन्। तर उनले पनि चीनको प्रसंग उल्लेख गरेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.