|

काठमाडौं : अमेरिकाको मेरिल्याण्डमा बैंक लुटपाट गर्दा ३० वर्षीय सम्राट् लामा पक्राउ परेका छन्। गेथसवर्गमा बैंक लुटपाट गर्न लागेको अवस्थामा मोन्टगोमरी काउन्टी छैठौं डिस्ट्क्ट र गेथसबर्ग प्रहरी विभागका अधिकारीहरुले लामालाई पक्राउ गरेका हुन्।

मंगलबार बिहान १० बजेर २ मिनेट जाँदा बैंकका कर्मचारीले ९११ मा फोन गरेका थिए। कर्मचारीले ६०७ नर्थ फेडरिक एभिन्युमा रहेको वेल्स फार्गो बैंकमा लुटपाट भइरहेको जानकारी दिएका थिए।

फोन कल प्राप्त भएको दुई मिनेटपछि नै प्रहरीहरू बैंकमा पुगेका थिए। त्यतिबेला लामा बैंकभित्रै रहेका थिए, भाग्न पाएका थिएनन्। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा लिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.