काठमाडौं : नेपाल आइडल सिजन–२ का विजेता रवि ओड र गायिका मेलिना राईको आवाजमा‘गालैमा डिम्पल’ गीत सार्वजनिक भएको छ।
सोमबार दिउँसो ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। रोवर्ड सिप्तुङ्खा राईको शब्द रचना रहेको गीतमा सुनिल राईले संगीत संयोजन गरेका छन्।
गीतको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन्। गीतमा नायकद्वय पुष्प खड्का र आकाश श्रेष्ठलाई नवमोडल डिम्पल योङहाङले साथ दिएकी छिन्। यस म्युजिक भिडियोका कोरियोग्राफर शुभम् भुजेल हुन् ।
निर्मला सुहाङ निर्माता रहेको यस म्युजिक भिडियोका लागि क्यामेरामा बुद्ध थापाले साथ दिएका छन्। भिडियोको सम्पादन विकास धमलाले गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।