उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सको ७० औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि नभएको बताएका हुन्।
उनले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनै पनि खाद्यान्न लगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दावी गरेका हुन्।
तर विश्व बजारमा नै केही वस्तुमा मूल्य वृद्धि भएकाले नेपालमा पनि एक दुईवटा वस्तुमा मूल्य वृद्धि हुनु स्वभाविक भएको मन्त्री भट्टले बताए।
'अहिले पनि बजार एकदम आफ्नो गतिमा गएको छ। त्यसैले कहिँ पनि समस्या आएको छैन। केही वस्तुमा विश्वमै मूल्य बढेपछि बढ्यो होला नत्र खाद्यान्न लगायत दैनिकी वस्तुहरु हुन त्यसमा महँगाई भन्ने छैन', उनले भने, 'अब एकाध वस्तुमा हुने स्वभाविक हो। हिजो पनि हुन्थ्यो।’
अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रीत भएको पनि उनले बताए। निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले बताए।
आफूले मन्त्रालय सम्हालेदेखि व्यवसाय मैत्री वातावरण बन्दै गएको दावी समेत मन्त्री भट्टले गरेका छन्। कर र राजस्वका विभिन्न विषयमा सुधार गरि उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको उनले बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।