लक्षण भएकाको मात्रै पिसिआर जाँच गरिँदै

|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करोना भाइरस (कोभिड १९) संक्रमण समुदायस्तरमा तीव्र रुपमा फैलिँदै जाँदा चौथो पटक ‘नेशनल टेस्टिङ गाइडलाइन’ परिमार्जन गरेको छ।

मन्त्रालयले यस पटक कोरोना परीक्षणका लागि एन्टिजेन बेस्ड टेस्ट सुरु गरेसँगै गाइडलाइन परिमार्जन गरेको जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा, जागेश्वर गौतमले कस्ता व्यक्तिलाई पिसिआर गर्ने, कसलाई एन्टिजेन बेस्ड टेस्ट गर्ने भन्नेबारे स्पष्ट पार्दै टेस्टिङ गाइडलाइन परिमार्जन भएको बताएका छन्। उनले एन्टिजेन  बेस्ड टेस्ट छिटो र धेरैजनाको गर्नुपर्ने अवस्थामा प्रयोग हुने बताएका छन्।

जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त ल्याबमा

यस्तै मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यता प्राप्त ल्याबले मात्र गर्न पाउने निर्णय समेत गरेको छ।

नयाँ विधिमा अब एन्टिजेनको किट तथा रि-एजेन्टहरु एफडीए र ईयुएले मान्यता दिएको वा स्वास्थ्य सेवा विभागबाट स्वीकृति प्राप्त हुनुपर्नेछ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको प्रयोगशालाले मात्रै यो परीक्षण गर्न पाउनेछ ।

प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेबमोजिमको बायोसेफ्टी क्याविनेट तथा अन्य सुरक्षा विधिको पालना गर्नुपर्ने बताए। यस्तै एन्टिजेनमा आधारित परीक्षणका लागि अधिकतम शुल्क १ हजार रुपैयाँ मात्रै तोकिएको छ।

परीक्षणमा पोजेटिभ आएमा परीक्षण गर्ने प्रयोगशालाले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय र व्यक्ति स्वयंलाई जानकारी गराउनुपर्ने छ । नेगेटिभ आएमा व्यक्तिलाई मात्रै जानकारी गरे पुग्ने डा. गौतमले बताए ।

यसअघि मन्त्रालयले यो परीक्षण क कसलाई कहाँ कहाँ गरिने भनेर निर्णय गरिसकेको छ। त्यसमा तीन अवस्थामा मात्रै यो परीक्षण हुने बताइएको छ। एकैपटक ठूलो जनघनत्व भएको ठाँउमा मास स्क्रिनिङ गर्नुपरे, अस्पतालमा आकस्मिक शल्यक्रिया गर्नुपर्ने व्यक्तिहरुमा र वृद्धाश्रमका वृद्धवृद्धाहरुमा मात्रै यो विधिको परीक्षण गरिने बताइएको छ ।

एन्टिजेनको नतिजा केही मिनेटमै आउने गर्दछ। यसमा पोजेटिभ आएमा पोजेटिभ र नेगेटिभ आएमा नेगेटिभ मान्ने तर कसैमा लक्षण देखिएको छ भने त्यसलाई पुन पीसीआर गराई रि कन्फर्म हुने मापदण्ड बनाइएको समेत उनले बताए । तर त्यसमा पनि नेगेटिभ आएमा अरु स्वास्थ्य समस्याको कारण खोज्न थाल्ने उनले जानकारी दिए। उनले परीक्षण प्रणालीमा एन्टिजेन थपिएको भन्दै पीसीआर परीक्षण नरोकिने स्पष्ट पारे।

कस्तो अवस्थामा एन्टिजेन  बेस्ड टेस्ट?

एकै पटक धेरै जनामा परीक्षण गर्नुपरेमा (मास स्क्रिनिङ), अस्पतालमा उपचारका क्रममा तुरुन्तै कोरोना रिपोर्ट चाहिएमा र धेरै व्यक्तिहरु बस्ने ठाउँमा यसको परीक्षण हुनेछ। सेना र प्रहरीका ब्यारेक, जेल, वृद्धाश्रम आदिमा ठाउँमा एन्टिजेन बेस्ड टेस्ट गरिने छ।

एन्टिजेन बेस्ड टेस्ट गर्दा पोजिटिभ आएमा उक्त रिपोर्टलाई पोजिटिभ नै मान्ने र नेगेटिभ आएमा त्यो व्यक्तिमा लक्षण छ कि छैन निर्क्योल गरी लक्षण पाइएमा आइसोलेसनमा राखी  पिसिआर जाँच गरिने छ।

तर त्यहाँ एन्टिजेन बेस्ड टेस्टको पुनः नगरिने भएमा मात्र पिसिआर जाँच हुनेछ। उक्त समयमा पोजिटिभ रिपोर्ट आएमा संक्रमितलाई आइसोलेसनमा राख्ने, उपचार गरिने छ भने नेगेटिभ आएमा अन्य कारणहरु खोजी गर्ने र उपचार गर्ने गाइडलाइनमा उल्लेख छ। नेगेटिभ आएको व्यक्तिलाई अन्य कोभिड भएको व्यक्तिको सम्पर्कमा नआएको भए पिसिआर परीक्षण गरिने छैन।

अब कस्तो व्यक्तिमा पिसिआर?

अब देखि कोभिडको सबैखालका लक्षण भएका सबै व्यक्तिहरु ज्वरो आएका, खोकी लागेका, श्वास फेर्न गाह्रो भएका, कोभिड–१९ पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट आएका व्यक्ति, एक्युट रेस्पेरेटरी सिन्ड्रोम भएका बिरामी, बाहिरबाट फर्केका व्यक्तिहरु जो क्वारेन्टाइनमा सबैको ५ देखि ७ दिन बसेका छन्। 

सबै फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी लगायत अन्य फ्रन्टलाइनका व्यक्तिहरु,  कोरोना संक्रमण फैलिएको ठाउँ गएको १४ दिनभित्रको ट्राभल हिस्ट्री भएका व्यक्तिहरु, आइसियुमा भर्ना भएका सबै बिरामी, ६० वर्षमाथिका व्यक्तिहरु जसलाई दीर्घरोग, जसको रोग प्रतिरोधक क्षमता कमजोर भएकाको परीक्षण गर्नु पर्ने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.