|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा महासचिव पौडेललाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्। 

यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिएपछि अर्थमन्त्रालय खाली थियो। यस्तोमा अर्थमन्त्रीका लागि नेकपाका नेताहरु सुरेन्द्र पाण्डे र जनार्दन शर्मा पनि लविङमा थिए।

तर महासचिव पौडेलले अर्थमन्त्रीमा बाजी मारेका हुन्। उनले दोस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन्। साविकको प्रदेश ५ (लुम्बिनी) को राजधानी दाङमा तय भएलगत्तै पौडेल संघीय सरकारको अर्थमन्त्री भएका हुन्।

अघिल्लो चुनावका क्रममा उनले बुटवलमा नै प्रदेश ५ को राजधानी बनाउने भन्दै आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.