|

काठमाडौं :  विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ। 

पछिल्लो २४ घण्टामा ६ हजार ८० मृतक थपिएसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख २ हजार ३९८ पुगेको हो। हालसम्म अमेरिकामा सबैभन्दा बढी २ लाख २२ हजार, ब्राजिलमा १ लाख ५२ हजार तथा भारतमा १ लाख १२ हजार १४४ जनाको मृत्यु भएको छ। यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ८४९, भारतमा ८३३, ब्राजिलमा ७३४ तथा रसियामा २८६ जनाको मृत्यु भएको छ। 

यसैबीच पछिल्लो २४ घण्टामा विश्वभर झण्डै ४ लाख नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा ६४ हजार, भारतमा ६० हजार ३६५, ब्रजिलमा २९ हजार, रसियामा १३ हजार ७ सय, स्पेनमा १३ हजार तथा अर्जेन्टिनामा १७ हजार संक्रमित थपिएका छन्। 

योसँगै विश्वभर कुल संक्रमितको संख्या ३ करोड ९१ लाख नाघेको छ । जसमध्ये २ करोड ९३ लाख बढी संक्रमणमुक्त भइसकेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.