|

तनहुँ : तनहुँ क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य रामबहादुर गुरुङमा कोरोना पुष्टि भएको छ। बुधबार काठमाडौंमा परीक्षण गराएका गुरुङको बिहीबार आएको रिपोर्टले कोरोना पोजिटिभ आएको हो।

केही दिनयता तनहुँका विभिन्न क्षेत्रमा योजना अनुगमनमा हिँडेका गुरुङ धेरै कार्यक्रममा सहभागी समेत भएका थिए। प्रदेशबाट काठमाडौं जाने क्रममा हल्का ज्वरो आएपछि उनले बुधबार कोरोना परीक्षण गराएको सामाजिक सञ्जाल फेसबुमा सार्वजनिक गरेका छन्।

आफूलाई कोरोना संक्रमण भएकाले कान्तिपुर हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना भएर कोभिडको उपचार गराइरहेको समेत उनले जनाएका छन्। साथै, आाफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई सतर्क रहन र लक्षण देखिएमा परीक्षण गराउन अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.