|

एजेन्सी : भारतीय सूर्यचक्रधारी बलविंदर सिंहलाई अज्ञात समूहले व्यक्तिले गोली हानी हत्या गरेका छन्।  ६२ वर्षीय सिंहलाई शुक्रबार तरन तारनस्थित उनकै घरमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका हुन्।

शुक्रबार बिहान ७ बजे उनी आफ्नो घरमा थिए। केही अज्ञात व्यक्तिले घरमै आएर उनीमाथि गोली चलाएका भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन्। भारत सरकारले दिएको सुरक्षा केही समयअघि फिर्ता लिएको थियो। आफूमाथि सुरक्षा खतरा रहेको भन्दै सिंहले यसको विरोधसमेत गरेका थिए। 

बलविंदर सिंहका भाइ रञ्जित सिंहले यो आतंकवादी हमला हुन सक्ने बताएका छन्। यद्यपि प्रहरीले यसबारे केही बताएका छैनन्। 

को हुन् बलबिन्दर सिंह? 

पंजाबमा भएको आतंकवाद निस्तेज पार्न उनको ठूलो योगदान थियो। आतंकवाद चरम सीमामा पुगेका बेला बलबिन्दर सिंहले साहसका साथ आतंककारीवादीसँग लडेका थिए। 

उनीमाथि २० पटक आक्रमण भएको थियो। सिंहले धेरै आतंककारीलाई मारेका थिए। साथै हातहतियार र रकेट प्रक्षेपण गर्ने हमलाकारीलाई उनले सफाया गरेका थिए। परिवारको मद्दतमा उनले आंतककारीमाथि विजय पाएका थिए। 

फलस्वरुप उनी र उनका भाई रणजीत सिंहलाई भारत सरकारले शौर्य चक्र प्रदान गरेको थियो। उनको जीवनीमा आधारित भएर कैयौं टेलिभिजन सिरियल बनेका छन्। पन्जाब न्युज एक्सप्रेसका अनुसार उनी र उनका परिवार आतंकवादको निशानमा थिए।

११ महिनाको अवधिमा उनी र उनको परिवारमाथि हमलाकारीले १६ पटकसम्म आक्रमण गर्दै आएका थिए। जसको कारण भारत सरकारले उनलाई सुरक्षाको प्रबन्ध मिलाएको थियो। तर केही समयअघि भने सरकारले उनको सुरक्षामा राखिएका अंगरक्षक हटाइदिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.