|

एजेन्सी : भारतमा यात्रुबाहक सवारी साधनको विक्रीमा सेप्टेम्बरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६ दशमलव ४५ प्रतिशतले वृद्धि देखिएको भारतीय सवारी उत्पादक समाज (एसआइएम) ले शुक्रबार जानकारी गराएको छ।

उक्त औद्योगिक समाजका अनुसार सेप्टेम्बरमा भारतले दुई लाख ७२ हजार २७ थान कार बिक्री गरेको उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा दुई लाख १५ हजार १२४ थान बिक्री भएको थियो।

एसआइएमको तथ्यांकमा सेप्टेम्बरमा कारको बिक्री अघिल्लो वर्षको सोही महिनासम्मको तुलनामा २८ दशमलव ९२ प्रतिशतले वृद्धि भएको र यातायातका लागि प्रयोग हुने जीप तथा अन्य सार्वजनिक सवारी साधनको बिक्री २४।५० प्रतिशतले बढेको उल्लेख छ। त्यसैगरी भ्यान बिक्री दरमा १० दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ।

यसैबीच भारतमा सेप्टेम्बरमा तीन पाङ्ग्रे सवारी साधनको बिक्रीमा अघिल्लो वर्षको तुलनामा ७१ दशमलव ९१ प्रतिशतले कमी आएको र दुई पाङ्ग्रे साधनको बिक्री ११ दशमलव ६४ प्रतिशतले बढेको छ।

एसआइएमले यो वर्षको गत वर्षको सेप्टेम्बरको तुलनामा सवारी साधन र तीन पाङ्ग्रे साधनको निर्यातमा क्रमशः ३५ दशमलव ८९ प्रतिशत र ५ दशमलव ३५ प्रतिशतले कमी आएको जनाएको छ। दुई पाङ्ग्रे सवारी साधनको समग्र निर्यातमा ९।१७ प्रतिशतले कमी देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.