|

काठमाडौं : काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ।

महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका छुट्याइएकोले चिनेर मात्रै खरिद गर्न आग्रह गरेका हुन्‌।

​स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको छ।

उपभोक्ताले हरियो रङ लगाइएको खसीबोका र च्याङ्ग्रा मात्रै खरिद गर्नुपर्ने उनले बताए। उपत्यकाका मुख्य खसीबोका बजारमा नियमित अनुगमन गरी महानगरपालिकाले स्वस्थ र अस्वस्थ खसीबोका र च्याङ्ग्राको पहिचान गर्दै हरियो र रातो रङ लगाई छुट्याएको छ।

पशुको तापक्रम नाप्ने, नाकबाट सिगान बगे/नबगेको, पखाला लागे नलागेको, झोक्रिएर बसे/नबसेको हेरेर स्वस्थ र अस्वस्थ पशु छुट्याउने गरेको छ। यसरी हेर्दा स्वस्थ देखिए बिक्रीका लागि स्वीकृति दिइएको डा. झाले बताए। चेकजाँचको क्रममा अस्वस्थ भएको पाइए छुट्टै आइसोलेसनमा राखेर उपचार गर्न लगाइएको पनि उनले जानकारी दिए।

दशैँको बेला काठमाडौंका बजारमा देशका विभिन्न स्थान तथा भारतदेखि समेत खसीबोका र च्याङ्ग्रा ल्याई बिक्री वितरण शुरु भइसकेको छ। यस्तो अवस्थामा अस्वस्थ पशुको बिक्री वितरण हुन सक्ने भन्दै महानगरपालिकाले अनुगमन गरी स्वस्थ र अस्वस्थ पशु छुट्याई स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थको सिङमा रातो रङ लगाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.