|

बैतडी : बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य लीलाधर भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनी कोरोना संक्रमित रहेको थाहा लागेको हो। 

स्वास्थ्यमा सामान्य समस्या आएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले बताए। उनले भने, ‘गत असोज २५ गतेदेखि होम क्वारेन्टाइनमा रहेका बेला रुघाखोकीको लक्षण देखिएकाले परीक्षण गराएको हुँ, कोरोना पुष्टि भएपनि स्वास्थ्य अहिले पनि स्वास्थ्य अवस्था सामान्य रहेका छ।’ आफू अहिले सदरमुकामस्थित गढीमा रहेका घरमै होम आइसोलेसनमा बसिरहेको उनले जानकारी दिए।

गत असोज १३ गते प्रदेश राजधानी कैलालीबाट फर्किएका भट्ट यसअघि जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रममा पनि सहभागी भएका थिए। उनका सवारी चालकको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। 

वडाअध्यक्षमा पनि कोरोना संक्रमण

यसैबीच, जिल्लामा जनप्रतिनिधिसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा पाटन नगरपालिकास्थित एक वडाअध्यक्षसहित दुई जना जनप्रतिनिधि र पाटनकै अन्य दुई जना रहेका छन्‌।​

वडा नं ३ का ६० बर्षीय पुरुष, वडा नं ५ का ३९ वर्षीया महिला, वडा नं ३ का ३० वर्षीय पुरुष र वडा नं ३ कै १२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

जनप्रतिनिधि र १२ वर्षीय पुरुषको कुनै ट्राभल हिस्टी नभएको र ३० वर्षीय पुरुष भने काठमाडौंबाट फर्किएका रहेका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महराले जानकारी दिए।

कोरोना पुष्टि भएका सबैजना होम क्वारेन्टाइनमा रहेका उनले बताए। पाटनका चार जना कर्मचारीमा पनि यसअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै, पञ्चेश्वर गाउँपालिका वडा नं ४ का २६ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण उनीहरू सबैमा कोरोना पुष्टि भएको हो। 

बैतडीमा हालसम्म ४५५ जनामा संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.