काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७ सय ४६ संक्रमित थपिएका छन्।
काठमाडौंमा १४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ थपिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।
योसँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ५३ हजार ६ सय ८७ पुगेको छ। काठमाडौंमा ४३ हजार २ सय ६४, ललितपुरमा ६ हजार ८१ र भक्तपुरमा ४ हजार ३ सय ४२ पुगेको हो।
२४ घण्टामा देशभर थप ३१६७ जनामा कोरोना पुष्टि भएको छ। आज १८ सय संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेहरूको कुल संख्या ८९ हजार ५४० पुगेको छ।
नेपालमा हाल ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्। आज १३ जार ३९९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २५ हजार ४३८ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा १५ हजार ४३८ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।