|

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट पछिल्लो साता एक सय १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै यसैसाता मात्र ज्यान गुमाउनेको संख्या १ सय १३ पुगेको हो।

शुक्रबार देशभर कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको थियो। त्यसैगरी बिहीबार १९ जना, बुधबार १२ जना र मंगलबार १८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। त्यसैगरी सोमबार ९ जना र आइतबार २२ जनाको मृत्यु भएको थियो।

यससँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ। पछिल्लो समय मन्त्रालयले मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण गर्न छोडेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.