|

काठमाडौं : यूएईमा जारी आइपिएल अन्तर्गत राजस्थान रोयल्सविरुद्ध रोयल च्यालेन्जर्स बेंग्लोर ७ विकेटले विजयी भएको छ। 

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको बेंग्लोरले १९ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।

उसका लागि एबी डिभिलियर्सले २२ बलमा अविजित ५५, विराट कोहलीले ४३, देवदत्त पाडिक्कलले ३५ र गरकित सिंहले नटआउट १९ रन बनाए। राजस्थानका लागि राहुल तेवटिया, श्रेयस गोपाल र कार्तिक त्यागीले एक–एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो। उसका लागि कप्तान स्टिभ स्मिथले ३६ बलमा १ छक्का र ६ चौकासहित ५७ रनको योगदान दिए। 

त्यस्तै, रोबिन उथप्पाले ४१, जोस बटलरले २४, बेन स्टोक्सले १८, सञ्जु सामसनले ९, राहुल तेवटियाले नटआउट १९ रन बनाए। बलिङमा क्रिस मोरिसले ४ र युजवेन्द्र चहलले २ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.