|

धादिङ : धुनीवेशी नगरपालिकाले प्रशासनिक भवनको निर्माण शुरु भएको छ। भवनको घटस्थापनाको दिनको शुभ साइत पारेर शनिबार शिलान्यास गरिएको हो।

काठमाण्डौंसँग सिमाना जोडिएको धुनीवेशी नगरपालिकाले वडा नम्बर ९ को जुगेडीमा प्रशासनिक भवन निर्माण शुरु गरेको हो। कोरोना कहरबीच भीड जम्मा गरेर शनिबार औपचारिक कार्यक्रम गरी वागमती प्रदेश सभाका सदस्य तथा पूर्वस्थानीय विकासमन्त्री एवं राजेन्द्रप्रसाद पाण्डे, नगरप्रमुख बालकृष्ण आचार्य र उपप्रमुख नीरु खरेलले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन्।

भवन निर्माण स्थल त्रिभुवन राजपथबाट ५०० मिटरभित्र रहेको छ। चार तले भवन ४० हजार १३० स्क्वायर फिट क्षेत्रफल तथा ३९ वटा कोठा रहने  इन्जिनियर नवराज श्रेष्ठले बताए।  अबको दुई  वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवनको लागत ३० करोड रुपैयाँ रहेको छ।

भवनमा सभाहल, बैठक कक्ष, प्रमुख, उपप्रमुखको कार्यकक्ष, सचिवालय, प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षसहित विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको कार्यकक्ष रहने छ। भवनको चारै तिर कम्पाउण्ड आसपासमा हरियालीसहितको ग्राउण्ड र पार्किङ हुने इन्जिनियर श्रेष्ठले बताएका छनर

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.