|

जनकपुरधाम : कोरोना कहरबीच विजया दशमी शनिबारदेखि शुरु भएको छ। कोरोना संक्रमण फैलिन नदिन प्रशासनले भीडभाड नगर्न निर्देशन जारी गरेको छ। यद्यपि, जनकपुरमा त्यसको अवज्ञा गरिएको छ।

जनकपुरस्थित राजदेवी मन्दिरलाई दुलही झैं सिंगारिएको छ। महावीर युवा कमिटीले लामो समयदेखि मन्दिरलाई सिंगार्ने र मेला आयोजना गर्दै आएको छ। यस वर्ष पनि मन्दिरमा साँझको समयमा सेल्फी लिनेहरुको अध्यधिक भिडभाड देखियो। आयोजकले मन्दिरमा आकर्षक सेल्फी पोइन्ट नै बनाएको छ।

कमिटीका अध्यक्ष सन्तोष साहले कोरोना भाइरसको संक्रमण फैलिन नदिन मन्दिरमा प्रवेश गर्ने हरेक श्रद्धालुलाई सेनिटाइज गर्ने गरेको दाबी गरे। उनका अनुसार कोरोनाकै कारण यस वर्ष रावण वधजस्ता धेरै कार्यक्रम स्थगित गरिएको छ। प्रशासनले बलि चढाउन रोक लगाएको छ। त्यसैले बलि चढाउने वा नचढाउने अझै अन्यौलमा छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.