काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले आर्सनललाई १–० गोलले पराजित गरेको हो।
घरेलु टिम सिटीको जितमा एक मात्र गोल रहिम स्टर्लिङले गरे। खेलको २३ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए। पहिलो हाफमा १–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो।
प्रिमियर लिगअन्तर्गत नै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई ४–१ गोलअन्तरले पराजित गरेको छ। म्यानचेस्टर युनाइटेडको जितमा ह्यारी म्यागुर, ब्रनो फेमान्डेस, आरोन विसाका र मार्कुस राष्फोर्डले गोल गरे। म्यानचेस्टर युनाइटेडका लुक शोले आत्मघाती गोल गरेपछि न्युक्यासलले एक गोल भने उपहार स्वरुप पाएको थियो।
खेलको दोस्रो मिनेटमा नै लुक शोले आत्मघाती गोल गरेपछि न्युक्यासलले १–० गोलको अग्रता बनाएको थियो। खेलको २३ औं मिनेटमा ह्यारीले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले पहिलो हाफसम्म १–१ गोलको बराबरी बनाएको थियो। खेलको ८६ औं मिनेटमा फेमान्डेसले, ९० औं मिनेटमा विसाकाले र अतिरिक्त समयमा राष्फोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई ४–१ गोलको जित दिलाए। शनिबार राति नै भएको अर्को खेलमा चेल्सीले साउथह्याम्पटनसँग ३–३ गोलको बराबरी खेलेको छ। यसै गरी लिभरपुल र इर्भटन २-२ को बराबरीमा रोकिए
जितसँगै म्यानचेस्टर सिटीले चार खेलबाट दुई खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी खेल्दै सात अंक बनाएको छ। पराजित आर्सनलको भने पाँच खेलबाट ९ अंक छ। त्यस्तै, म्यानचेस्टर युनाइटेडले चार खेलबाट दुई खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ। पराजित न्युक्यासलको पाँच खेलबाट सात अंक छ
तपाईंको ईमेल गोप्य राखिनेछ ।